राष्ट्रिय वाणिज्य बैंक र सक्षमबीच भूकम्प पीडितलाई सहुलियतपूर्ण कर्जा दिने सम्झौता
काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र यूके एड सक्षम एक्सिस टु फाइनान्सबीच गोरखा र धादिङ्ग जिल्लाका भूकम्प पीडित जनतालाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । राष्ट्रिय पुनःर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सक्षम एक्सिस टु–फाइनान्सका टीम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पछि २०७२ सालको भूकम्पले क्षति पुर्याएका धादिङ्ग जिल्लाका धुनिवेशी, निलकण्ठ नगरपालिका र गोरखा जिल्लाको गोरखा नगरपालिकाका नागरिकहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा भुकम्प पीडित घर कर्जा लगानी गर्नेछ । सझौतापछि प्रदेश नम्बर २, ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा बैंकले सक्षमसँग मिलेर सामाजिक सुरक्षाको रकम भुक्तानी बैंकमार्फत गर्नको लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने छ ।
राष्ट्रिय पुनःनिर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारले दिएको पैसा बैंकमार्फत पारदर्शी तबरबाट जनताको हातमा पुगेको बताउँदै यस्तो सम्झौताले भूकम्पपीडित जनतालाई भवन निर्माण गर्न आवश्यक परेको रकम पुरा हुने बताए ।
बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात राज्यले लिएको नीति तथा कार्यक्रममा सहयोग पुग्ने गरी जनताको जीवनस्तरमा परिवर्तन आउने गरी राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडित जनताहरुलाई सहूलियत रुपमा कर्जा लगानी गरिने बताए । सक्षम एक्सिस टु फाइनान्सका टीम लिडर निर्मल दाहालले यो सम्झौताले भूकम्प पछिको पुनरनिर्माणमा महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गरे ।
बैंकले गत आ.व. २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।
सक्षम एक्सेस टु फाइनान्स यूकेएडबाट वित्तीय सहयोग प्राप्त कार्यक्रम हो, जुन नेपाल सरकार र संयुक्त अधिराज्य बीचको सम्झौताको एउटा हिस्सा हो । यसलाई नेपालमा स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग को साझेदारीमा डिएफआइडी नेपालका लागि लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिमिया नजिक रुसी जहाजहरूमा युक्रेनी आक्रमण
-
हिमालय क्षेत्रमा जलवायु अनुकूलित स्वास्थ्य अनुसन्धानका लागि भारतमा नयाँ केन्द्र स्थापना गरिँदै
-
गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे के भन्यो वीर अस्पतालले ?
-
तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार
-
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
-
ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण