शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

र्‍यापर भिटेन साधारण तारिखमा रिहा

शुक्रबार, ०८ कात्तिक २०७६, २१ : ३०
शुक्रबार, ०८ कात्तिक २०७६

काठमाडौं – चर्चित र्‍यापर समीर घिसिङ ‘भिटेन’ साधारण तारिखमा रिहा भएका छन् । 

अभद्र व्यवहारको आरोपमा म्याद लिई थुनामा राखेका र्‍यापर भिटेनलाई प्रहरीले शुक्रबार राति छाडेको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले राटोपाटीलाई जानकारी दिए । राईका अनुसार भिटने साधारण तारिखमा रिहा भएका हुन् ।

 महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विहीबार उनलाई ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको थियो । 

 ‘यस्तै त हो नि ब्रो’ बोलको गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको थियो । पक्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउने लगाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप