आमाबुवाले दिएको उपहारले एक चिनियाँ युवक बने अर्बपति
एजेन्सी । हामी सबैलाई आमाबुवाले दिएको उपहार अनमोल लाग्छ । तर एक चिनियाँ युवाका लागि आफ्ना आमा–बुवाले दिएको उपहारकै कारण रातारात अर्बपति भएका छन् ।
आफ्ना आमाबुवाको उपहारले २४ वर्षका युवक एरिक त्से रातारात अर्बपति बनेका हुन् ।
एरिकका पिता त्से पिंग र आमा चेयुङ लिन चेङ साईनो बायो–फर्मास्युटिकलका संस्थापक हुन् । तिनले हाल कम्पनीको २१.५ प्रतिशत शेयर आफ्ना छोरा एरिकलाई उपहारमा दिएका छन् । अर्थात तिनले एरिकलाई कम्पनीको पूँजिगत शेयरको करिब पाँच भागको एक भाग हिस्सा दिएका हुन् ।
वाशिंटन पोस्टको रिपोर्टका अनुसार, एरिकका आमाबुवाले यो हप्ताको सुरुमा उनलाई यो उपहार दिएका थिए । कम्पनीको उक्त परिमाणको शेयर मूल्य ३.८ अर्ब डलरको छ ।
रिपोर्टअनुसार यति शेयरबाट एरिकले एक वर्षमा पाँच लाख डलरभन्दा बढी कमाई गर्नेछन् । योसँगै एरिक अब संसारको ५५० सबैभन्दा धनी मानिसको सूचिमा परेका छन् ।
रिपोर्टअनुसार एरिकको सम्पत्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, हलिउड निर्देशक स्टेभन स्पीलबर्गजस्ता दिग्गजको भन्दा बढी छ । तर एरिकले आफूलाई अर्बपतिको सूचिमा पर्न इच्छुक नभएको बताएका छन् ।
अमेरिकाको सिएटलमा जन्मिएका एरिकले पढाई भने बेइजिङ र हङकङमा पुरा गरे । एरिकले उच्च शिक्षा पेन्सिलभेनियाको ह्वार्टन स्कुल अफ फाइनान्सबाट स्नातक गरे ।
साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार एरिक हङकङमा कम्तिमा पनि पाँच अन्य कम्पनीका निर्देशक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण