यसरी पुजियो गाई, तस्विरमा हेर्नुहोस्
काठमाडौँ– हिन्दुहरुको दोस्रो ठुलो चाड तिहारको चौथो दिन सोमबार गाई, गोरु र कृषकको पूजा गर्ने तथा मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधिका रुपमा लिइन्छ ।
गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता समेत भनेर चिनिन्छ ।
गाई पूजाका दिन मीठा–मीठा परिकार खान दिए गाईबाट पाइने शुद्धता सधैँ पाइने धार्मिक विश्वास छ । नेपालका कतिपय क्षेत्र र समुदायमा कात्तिकको कृष्ण औँसीकै दिन गाईपूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिदिए वैतरणी तर्ने धार्मिक विश्वास रहेको छ । यो बर्ष गाइ र गोरु पूजा एकै दिन परेको छ । सामान्यतया अघिल्लो दिन गाई पूजा र त्यसको भोलिपल्ट गोरुपूजा गर्ने गरिने भएपनि यो वर्ष सोमबारै गोरु तथा कृषकलाई समेत पूजा गरेर मनपर्ने परिकार खान दिइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण