तीन महिनाका लागि ब्रेक्जिट समय थप्न इयू सदस्य राष्ट्रहरू सहमत
ब्रसेल्स-यूरोपेली संघ (इयू) का २७ सदस्य राष्टहरूले बेलायतको इयूबाट हुने बहिर्गमन (ब्रेक्जिट) को मिति तीन महिना थप गर्न सहमत भएका यूरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कले बताएका छन् ।
इयूले बेलायतको अनुरोधमा आगामी बर्षको जनवरी ३१ मा ब्रेक्जिटका लागि मिति तय गरेको सोमबार टस्कले बताए ।
इयूबाट बेलायतको बहिर्गमनका लागि जनवरी ३१ सम्मका लागि मिति तय गरेको छ तर यदि बेलायती संसदले ब्रसेल्ससँग प्रधानमन्त्री बोरिस जोनसनले गरेको सम्झौतालाई अनुमोदन गरेमा तोकिएको समय अघि नै पनि बहिर्गमनका लागि सहमत जनाउने छन् ।
“इयूका २७ ले बेलायतको अनुरोधमा सन् २०२० को जनवरी ३१ सम्मका लागि ब्रेक्जिटको समय थप गर्न सहमत भएका छन्,” टस्कले भने । उनले थपे, “सम्बन्धित मुलुकका राजदूतहरूको ब्रसेल्समा हुने भेटपछि सम्भवतः यो निर्णयलाई लिखित प्रक्रियामार्फत् औपचारिकता दिइने छ ।”
एएफपीले इयूसम्वद्ध स्रोतबाट प्राप्त गरेको सहमति पत्र अनुसार बेलायती प्रधानमन्त्री जोनसनले त्यहाँको संसदलाई मैत्रीपूर्ण बहिर्गमनका लागि आगामी बर्षअघि नलाग्दै अर्थात् नोभेम्बर ३० वा डिसेम्बर ३१ मा गनए विश्वास दिलाउनेछन् ।
बहिर्गमनका लागि यस पहिले तय भएको अन्तिम मिति अक्टोबर ३१ आउनुभन्दा करिब ९० घण्टा पहिले ब्रेक्जिटको मिति थप भएको सूचना बाहिरिएको हो । -एएफपी/Photo: AFP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण