बग्दादी मारिएलगत्तै इरानको प्रतिक्रियाः अब मध्यपूर्वमा अमेरिकी सैनिकको औचित्य सकिएको छ
सोमबार, ११ कात्तिक २०७६, २३ : २३
तेहरान - मध्यपूर्वमा अमेरिकाको सैन्य उपस्थितिको औचित्य अब सकिएको इरानले दावी गरेको छ । “स्लामिक स्टेट (आइएस) का नेता अबु बाकर अल–बग्दादीको मृत्युपछि अमेरिका मध्यपूर्वमा रहनुपर्ने औचित्य सकिएको छ,” इरान सरकारका प्रवक्ता अलि रबिईलाई उद्धृत गरी इरानी एक टेलिभिजनले बताएको छ ।
“वासिङ्टनको नीतिका कारण मध्यपूर्वमा ‘आतङ्कवाद’ मौलाउनुको मुख्य कारण हो,” रूविईले भने । उनले भने, “अल–बग्दादीका मृत्यु ‘ध्वंसात्मक आतङ्कवाद’ अन्त्य हुने सङ्केत हो तर उनको मृत्युलाई आइइसको जस्तो अतिवादको सिद्धान्तको अन्त्यका रूपमा बुझ्न हुँदैन ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट आइतबार गरेको टेलीभिजन सम्बोधनमा आइएस नेता अल–बग्दादीलाई अमेरिकी सेनाले उत्तरी सिरियामा गरेको कारबाहीमा मृत्यु भएको बताएका थिए । -सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
-
विस्कन्सिनमा आँधीका कारण डुङ्गा डुब्दा ३ जना बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण