कारागारमा नै लगाए कैदीबन्दीले भाइटीका
बनेपा- विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका जिल्ला कारागारमा रहेका ८३ जना कैदीबन्दीले कारागारभित्र तिहारको भाइटीका लगाएका छन् ।
जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा रहेका कैदीबन्दीमध्ये ८३ जनाले आफ्ना दिदीबहिनीहरुको हातबाट भाइटीका लगाइसकेको जिल्ला कारागार व्यवस्थापन शाखाले जनाएको छ । टीका राख्नका लागि बेलुकासम्म समय मिलाइदिएको शाखाले जनाएको छ ।
हिन्दूहरुको दोस्रो ठूलो चाड तिहारलाई देश विदेशमा रहनु भएकाहरुले धुमधामसँग मनाइरहेका बेला यहाँका जिल्ला कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेकाहरुले पनि आफ्नो दिदीबहिनीहरुको हातबाट भाइटीका लगाएर तिहार मनाएका हुन् ।
टीका राख्नका लागि कारागार व्यवस्थापन शाखाले आवश्यक ठाउँको व्यवस्था मिलाउनुको साथै पालोलाई पनि व्यवस्थित गरिदिएको जेलर जङ्गबहादुर राईले बताए । टाढाटाढाबाट दिदीबहिनीहरु आएर टीका लगाएको कारागार व्यवस्थापन शाखाले जनाएको छ । जिल्ला कारागार काभ्रेपलाञ्चोकमा २४० जना विभिन्न मुद्दामा कैद भुक्तान गर्ने कैदीबन्दीहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
अमेरिकाको डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म
-
पश्चिमबाट पूर्वतर्फ सर्दै बादल, ठाउँ ठाउँमा वर्षा