कारागारमा नै लगाए कैदीबन्दीले भाइटीका
बनेपा- विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका जिल्ला कारागारमा रहेका ८३ जना कैदीबन्दीले कारागारभित्र तिहारको भाइटीका लगाएका छन् ।
जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा रहेका कैदीबन्दीमध्ये ८३ जनाले आफ्ना दिदीबहिनीहरुको हातबाट भाइटीका लगाइसकेको जिल्ला कारागार व्यवस्थापन शाखाले जनाएको छ । टीका राख्नका लागि बेलुकासम्म समय मिलाइदिएको शाखाले जनाएको छ ।
हिन्दूहरुको दोस्रो ठूलो चाड तिहारलाई देश विदेशमा रहनु भएकाहरुले धुमधामसँग मनाइरहेका बेला यहाँका जिल्ला कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेकाहरुले पनि आफ्नो दिदीबहिनीहरुको हातबाट भाइटीका लगाएर तिहार मनाएका हुन् ।
टीका राख्नका लागि कारागार व्यवस्थापन शाखाले आवश्यक ठाउँको व्यवस्था मिलाउनुको साथै पालोलाई पनि व्यवस्थित गरिदिएको जेलर जङ्गबहादुर राईले बताए । टाढाटाढाबाट दिदीबहिनीहरु आएर टीका लगाएको कारागार व्यवस्थापन शाखाले जनाएको छ । जिल्ला कारागार काभ्रेपलाञ्चोकमा २४० जना विभिन्न मुद्दामा कैद भुक्तान गर्ने कैदीबन्दीहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण