मोरङबाट ६ लाख ६० हजारसहित २० जुवाडे पक्राउ
बुधबार, १३ कात्तिक २०७६, ०८ : ०६
मोरङ प्रहरीले विभिन्न २ स्थानबाट २० जुवाडेलाई नगद ६ लाख ६० हजार २४५ सहित पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका वडा नं ३ स्थित एक घरबाट प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट कौडा १ सेट (१६ वटा) र नगद ४ लाख ४९ हजार ६३५बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी विराटनगर महानगरपालिका वडा नं ८ बाट पनि प्रहरीले जुवा खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट कौडा १ सेट र नगद दुई लाख दश हजार छ सय दश बरामद भएको प्रहरीले जनाएको छ। उनीहरु सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण