पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, ६५ जनाको मृत्यु
इस्लामावाद । पाकिस्तानमा एउटा रेलमा आगलागी हुँदा कम्तीमा ६५ जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सीहरुका अनुसार ‘तेज गाम एक्सप्रेस’ नाम गरेको रेलमा बिहीबार आगलागी भएको हो । कराँचीबाट रावलपिन्डी जाने क्रममा लियाकतमा उक्त रेलमा आगलागी भएको हो ।
अधिकारीहरुका अनुसार रेलको तीनवटा रेलको डिब्बामा आगो लागेको हो । स्थानीय प्रशासनले ४६ जनाको मृत्यु भएको पुष्टि गरेको छ । अन्य ३९ यात्रु घाइते भएको बताइएको छ ।
रेलमा सवार यात्रीको एउटा समूहले ग्यास सिलिन्डर, चुलो लगायत खाना पकाउने सामान बोकेका थिए । उनीहरुकै ग्यास सिलिन्डर विस्फोट हुँदा आगो लागेको बताइएको छ ।
रेडियो पाकिस्तानका अनुसार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घाइतेहरुको उपचारमा कुनै कमी आउन नदिन पनि प्रशासनलाई निर्देशन दिएका छन् ।
रेल मन्त्री शेख रशीदले दुर्घटनाको छानविन हुने बताएका छन् । रेलको बीमा गरिएको जानकारी दिदैं उनले बीमाबाट नै नोक्सानको क्षतिपूर्ति हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण