शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ओलीले प्रचण्डलाई भने– मेरो स्वास्थ्यमा छिटो-छिटो समस्या देखिन थाल्यो (भिडियोसहित)

बिहीबार, १४ कात्तिक २०७६, १६ : १६
बिहीबार, १४ कात्तिक २०७६

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वास्थ्यमा छिटो–छिटो समस्या देखापरेको जानकारी दिएको बताएका छन् ।

ग्रान्डी अस्पतालमा नियमित उपचारका क्रममा पुगेका प्रधानमन्त्री ओलीलाई भेटेर फर्किएलगत्तै अध्यक्ष प्रचण्डले सो जानकारी दिएका हुन् ।

अध्यक्ष दाहाललाई प्रधानमन्त्री ओलीको फेरि डाइलासिस गर्नुपर्ने–नपर्ने भन्ने कुरा भने भोली र पर्सीको अवस्थालाई हेरेर मात्रै भन्न सकिने कुरा पनि चिकित्सकहरुले बताएका थिए । 

योसँगै चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई केहिबेरमै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेको पनि दाहालले जानकारी दिए । 

प्रधानमन्त्री ओलीको बिहीबार गरिएको डाईलासिस भने सफल भएको छ । उनको बिहीबार दोस्रोपटक मृगौलाको डाईलासिस गरिएको हो ।

प्रधानमन्त्रीलाई डाईलासिस गरेपछि अस्पतालमै पुगेर भेट गरेका प्रचण्डले सञ्चारकर्मीमाझ भर्खरै डाईलासिस गरिएको र एकैछिन रेष्ट गरेर प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न लागिएको बताए ।

उनले आफूले प्रधानमन्त्री ओलीसँग कुरा गरेको र अवस्था सामान्य रहेको पनि बताए ।

‘भर्खरै डाइलासिस भएपछि एकैछिन रेष्ट गरेर उहाँ डिष्चार्ज हुँदै हुुनुहुन्छ, आज बालुवाटार जानुहुन्छ,’ अध्यक्ष दाहालको भनाई थियो, ‘प्रधानमन्त्रीले आफूलाई अहिले ठिक भयो भन्नुभयो ।’ 

प्रधानमन्त्री ओलीले बुधबार ग्राण्डी अस्पतालमा पुगेर मृर्गौंलाको पहिलो डाइलासिस गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप