ओलीले प्रचण्डलाई भने– मेरो स्वास्थ्यमा छिटो-छिटो समस्या देखिन थाल्यो (भिडियोसहित)
काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वास्थ्यमा छिटो–छिटो समस्या देखापरेको जानकारी दिएको बताएका छन् ।
ग्रान्डी अस्पतालमा नियमित उपचारका क्रममा पुगेका प्रधानमन्त्री ओलीलाई भेटेर फर्किएलगत्तै अध्यक्ष प्रचण्डले सो जानकारी दिएका हुन् ।
अध्यक्ष दाहाललाई प्रधानमन्त्री ओलीको फेरि डाइलासिस गर्नुपर्ने–नपर्ने भन्ने कुरा भने भोली र पर्सीको अवस्थालाई हेरेर मात्रै भन्न सकिने कुरा पनि चिकित्सकहरुले बताएका थिए ।
योसँगै चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई केहिबेरमै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेको पनि दाहालले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको बिहीबार गरिएको डाईलासिस भने सफल भएको छ । उनको बिहीबार दोस्रोपटक मृगौलाको डाईलासिस गरिएको हो ।
प्रधानमन्त्रीलाई डाईलासिस गरेपछि अस्पतालमै पुगेर भेट गरेका प्रचण्डले सञ्चारकर्मीमाझ भर्खरै डाईलासिस गरिएको र एकैछिन रेष्ट गरेर प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न लागिएको बताए ।
उनले आफूले प्रधानमन्त्री ओलीसँग कुरा गरेको र अवस्था सामान्य रहेको पनि बताए ।
‘भर्खरै डाइलासिस भएपछि एकैछिन रेष्ट गरेर उहाँ डिष्चार्ज हुँदै हुुनुहुन्छ, आज बालुवाटार जानुहुन्छ,’ अध्यक्ष दाहालको भनाई थियो, ‘प्रधानमन्त्रीले आफूलाई अहिले ठिक भयो भन्नुभयो ।’
प्रधानमन्त्री ओलीले बुधबार ग्राण्डी अस्पतालमा पुगेर मृर्गौंलाको पहिलो डाइलासिस गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण