बेपत्ता भएका पदयात्री उद्दारमा ड्रोन
शुक्रबार, १५ कात्तिक २०७६, ०६ : २३
साथीसँग पदयात्रा मार्दी हिमाल गएकी काठमाडौंकी विपना उप्रेती २०७४ माघ २५ मा हराइन् । समूहभन्दा पछि परेकी उनी देउराली नजिकै हिउँमा चिप्लिएर खोंचमा खसेको आशंका गरियो ।
मणिपाल शिक्षण अस्पतालमा एमबीबीएस तेस्रो वर्ष अध्ययन गरिरहेकी २१ वर्षीया उप्रेतीको अहिलेसम्म पत्तो लाग्न सकेको छैन ।
त्यही वर्ष चैतमा डच नागरिक कोर्री भेन भेग्गेल अन्नपूर्ण क्षेत्रबाट हराइन् । मार्दी हिमालको हाइक्याम्पबाट सिदिङ झर्ने छोटो बाटो फर्किँदा बीचैबाट बेपत्ता भएकी उनी पनि भेटिएकी छैनन् ।
यस्ता उद्धार र खोजीका लागि अब ड्रोन प्रयोग गरिने भएको छ । ट्र्याकिङ डिभाइस, ड्रोन, रडियोसेटलगायत सामग्रीमार्फत हिमाली क्षेत्रमा फसेकाको उद्धार गर्ने प्रविधि नेपाल भित्रिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा दीपक परियारले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण