गुल्मीमा उपनिर्वाचन : नेकपाले लगायो उम्मेदवारको टुङ्गो
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ ।
गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए ।
सिञ्जाली सोही वडाका वडासदस्य हुनुहुन्छ । उहाँलाई वडासदस्य पदबाट राजीनामा गराई वडाध्यक्ष पदमा उम्मेदवार बनाइने सचिव कार्कीले जानकारी दिए ।
नेपाली काङ्ग्रेसले भने अझै उम्मेदवारको टुङ्गो लगाएको छैन । पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले अबको केही दिनमै उम्मेदवारको नाम सर्वसम्मतरूपमा चयन गरिने बताए ।
तर पहिलेकै उम्मेदवारको नाम चयन गर्ने सम्भावना रहेको उनको भनाइ थियो । रुरु गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा काङ्ग्रेस र पूर्वमाओवादी केन्द्रको तालमेल रहेको थियो । तर पूर्वएमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडा नं ६ मा पनि जीत हासिल गरेको थियो ।
वडा नं ६ का वडाध्यक्ष पूर्णबहादुर रेग्मीको २०७५ साल साउन १३ गते निधन भएको थियो । उनले ६२८ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका वेदबहादुर दर्लामीले ६१९ मत ल्याउनुभएको थियो । विसं २०७४ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनअनुसार उक्त वडामा कूल एक हजार ९६७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिए ।
गुल्मीदरबार गाउँपालिका–७ का वडासदस्य थम्मनबहादुर बस्नेतको पनि ०७४ साल भदौ २६ गते निधन भएको थियो । तर वडाध्यक्ष, स्थानीय तहको उपाध्यक्ष, अध्यक्ष, प्रदेश र प्रतिनिधिसभा सदस्यबाहेक अन्य सदस्यहरुको हकमा पुनः निर्वाचन हुने व्यवस्था छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण