कास्की २ उपनिर्वाचन: समाजवादी पार्टीको ५ सय १ सदस्यीय चुनावी प्रचार समिति गठन
पोखरा–बाबुराम/उपेन्द्र नेतृत्वको समाजवादी पार्टीले मंसिर १४ मा हुन लागेको उपनिर्वाचनको लागि कास्की २ मा ५ सय १ सदस्यीय चुनावी प्रचार समिति गठन गरेको छ । यद्यपि,समाजवादी पार्टीको तर्फबाट कास्की २ का लागि उमेदवार भने अझै तोकिएको छैन ।
समाजवादी पार्टीका कास्की जिल्ला अध्यक्ष गिरिप्रसाद गुरुङको संयोजकत्वमा गठन गरिएको समितिले समाजवादीलाई कास्की २ मा चुनाव जिताउन लागि पर्ने जनाएको छ । कास्की २ उपनिर्वाचनमा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले उमेदवार घोषणा गरिसके पनि अरु पार्टीले भने अझै टुंगो लगाउन सकेका छैनन् ।
जिल्लाबाट उमेदवारको नाम सिफारिस गरि सकेपनि केन्द्रबाट उमेदवार चयन हुन समय लागि रहेको समाजवादीका कास्की अध्यक्ष गिरिप्रसाद गुरुङले जानकारी दिए । ‘हामीले त केन्द्रमा नाम पठाई सक्यौ’ उनले भने,‘भोलि बैठक बस्दै छ केन्द्रमा । पर्सिसम्मा उमेदवारको पनि टुंगो लाग्ला ।’
कास्की २ मा उमेदवारीका लागि समाजवादीले धर्मराज गुरुङ, हेमबहादुर थापा र रामबहादुर नेपालीको नाम सिफारिस गरिसकेको छ । पहिचानको मुद्दालाई जोड दिँदै आएको समाजवादीले यो उपनिर्वाचनको चुनावी एजेन्डा पनि पहिचानलाई नै बनाएको छ ।
प्रचार समितिले वडा वडामा ब्लक बनाएर उपसमितिमार्फत काम गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । कास्की २ मा पोखरा महानगरपालिकाका ११ वडा छन् । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको कास्की २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण