सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कास्की २ उपनिर्वाचन: समाजवादी पार्टीको ५ सय १ सदस्यीय चुनावी प्रचार समिति गठन

शुक्रबार, १५ कात्तिक २०७६, १३ : ३६
शुक्रबार, १५ कात्तिक २०७६

पोखरा–बाबुराम/उपेन्द्र नेतृत्वको समाजवादी पार्टीले मंसिर १४ मा हुन लागेको उपनिर्वाचनको लागि कास्की २ मा ५ सय १ सदस्यीय चुनावी प्रचार समिति गठन गरेको छ । यद्यपि,समाजवादी पार्टीको तर्फबाट कास्की २ का लागि उमेदवार भने अझै तोकिएको छैन । 

समाजवादी पार्टीका कास्की जिल्ला अध्यक्ष गिरिप्रसाद गुरुङको संयोजकत्वमा गठन गरिएको समितिले समाजवादीलाई कास्की २ मा चुनाव जिताउन लागि पर्ने जनाएको छ । कास्की २ उपनिर्वाचनमा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले उमेदवार घोषणा गरिसके पनि अरु पार्टीले भने अझै टुंगो लगाउन सकेका छैनन् । 

जिल्लाबाट उमेदवारको नाम सिफारिस गरि सकेपनि केन्द्रबाट उमेदवार चयन हुन समय लागि रहेको समाजवादीका कास्की अध्यक्ष गिरिप्रसाद गुरुङले जानकारी दिए । ‘हामीले त केन्द्रमा नाम पठाई सक्यौ’ उनले भने,‘भोलि बैठक बस्दै छ केन्द्रमा । पर्सिसम्मा उमेदवारको पनि टुंगो लाग्ला ।’

कास्की २ मा उमेदवारीका लागि समाजवादीले धर्मराज गुरुङ, हेमबहादुर थापा र रामबहादुर नेपालीको नाम सिफारिस गरिसकेको छ । पहिचानको मुद्दालाई जोड दिँदै आएको समाजवादीले यो उपनिर्वाचनको चुनावी एजेन्डा पनि पहिचानलाई नै बनाएको छ । 

प्रचार समितिले वडा वडामा ब्लक बनाएर उपसमितिमार्फत काम गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । कास्की २ मा पोखरा महानगरपालिकाका ११ वडा छन् ।  तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको कास्की २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप