ट्र्याक्टर दुर्घटनामा तीनको मृत्यु
दाङ – गढवा गाउँपालिका–६ मनिकापुरबाट वनभोज खाएर सोही गाउँपालिका–५ को चिसापानीबाट फर्कने क्रममा रा १ त २३९३ नम्बरको ट्रयाक्टरको ट्रली पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।
प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार केहीबेर अघि भएको दुर्घटनामा परी मृत्यु हुनेमा गढवा–६ मनिकापुर निवासी टीका पुनकी ११ वर्षीया छोरी निनु पुन, सोही ठाउँका कमल परियारकी १२ वर्षीया छोरी सीमा परियार र टीकाराम पुनकी १२ वर्षीया छोरी सुनिता पुन मगर रहेका छन् ।
ट्याक्टरमा सवार २६ जना नै घाइते भएका र घाइते सबैलाई स्वास्थ्यचौकी गढवा र लमही अस्पतालमा उपचारका लागि लगिएकामा गढवाचौकीमा उपचारका क्रममा तीनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य चारजना गम्भीर र १९ सामान्य घाइते भएका छन् ।
तिहारमा खेलेको भैलोबाट सङ्कलन भएको पैसाले उनीहरु वनभोज खान गएका थिए । वनभोज खाएर फर्कने क्रममा कोइलावास सडकको चिसापानी नजिकै सो दुर्घटना भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण