त्रिविको १९ औँ उपकूलपति बने बाँस्कोटा
काठमाडौँ– सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बाँस्कोटालाई नियुक्त गरेको छ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भइसकेका बाँस्कोटालाई शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको छनोट समितिले त्रिविको उपकूलपतिमा दोस्रो नम्बरमा सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार त्रिविको १९ औं उपकुलपतिमा बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गरेका हुन् । मन्त्री पोखरेल नेतृत्वको समितिले त्रिवि उपकुलपतिमा सिफारिस गरेका डा.भगवान कोइरालालाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेपछि बाँस्कोटालाई त्रिविको उपकुलपति हुने बाटो खुलेको थियो ।
आइतबार बेलुका दोस्रोपटक बस्ने मन्त्रिपरिषद बैठकले उपकुलपतिमा बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । बाँस्कोटा त्रिभुवन विश्वविद्यालयको १९ उपकुलपति हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण