नेकपाद्वारा उपनिर्वाचनका लागि उम्मेदवार घोषणा, क–कसले पाए टिकट ?
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उप निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । आइतबार बसेको सचिवालय बैठकले उम्मेद्वार चयन गरेको हो । बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बाग्लुङ २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वलीलाई उठाउने निर्णय गरेको छ भने भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । विद्या भट्टराई कास्की २ मा सोही क्षेत्रबाट निर्वाचित सांसद रवीन्द्र अधिकारीकी पत्नी हुन् । तत्कालीन नागरिक उड्डयन्मन्त्री अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना परेर निधन भएको थियो । वली भने सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद उत्तरकुमार वलीकी पत्नी हुन् ।
त्यस्तै बैठकले धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण