शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाद्वारा उपनिर्वाचनका लागि उम्मेदवार घोषणा, क–कसले पाए टिकट ?

आइतबार, १७ कात्तिक २०७६, १९ : ४३
आइतबार, १७ कात्तिक २०७६

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उप निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । आइतबार बसेको सचिवालय बैठकले उम्मेद्वार चयन गरेको हो ।  बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने  बाग्लुङ २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । 

बैठकले प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वलीलाई उठाउने निर्णय गरेको छ भने भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । विद्या भट्टराई कास्की २ मा सोही क्षेत्रबाट निर्वाचित सांसद रवीन्द्र अधिकारीकी पत्नी हुन् । तत्कालीन नागरिक उड्डयन्मन्त्री अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना परेर निधन भएको थियो ।  वली भने सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद उत्तरकुमार वलीकी पत्नी हुन् ।

त्यस्तै बैठकले धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप