टेबल टेनिसको प्रशिक्षण थाइल्यान्डमा
काठमाडौं- नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली टेबल टेनिस खेलाडीको वैदेशिक प्रशिक्षण थाइल्यान्डमा हुने भएको छ । नेपाली टोली सोमबार थाइल्यान्ड प्रस्थान गर्दैछ । सागमा टेबल टेनिसतर्फ पुरुष खेलाडीमा विनेश खनियाँ, पुरुषोत्तम वज्राचार्य, शिवसुन्दर गोथे, संयोग कपाली र स्यान्टु श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । महिलामा नविता श्रेष्ठ, रविना महर्जन, दीक्षा तामाङ, एलिना महर्जन र सिक्का सुवाल छन् । प्रशिक्षकमा विनोद शाक्य, मोहनदास बासुकला, सन्जिव ढुंगेल र सन्ध्या शाक्य तथा व्यवस्थापकमा धर्ममान वज्राचार्य र सरिता श्रेष्ठ छन् ।
यसैगरी पुरुषतर्फ मोटरसाइकल दुर्घटनामा परेमा स्यान्टुले आइतबार मात्र छनोट खेल खेली बैदेशिक प्रशिक्षणमा जान लागेका हुन् । नेपालका नम्बर एक खेलाडी स्यान्टु गत असोज ९ र १० गते सागका लागि भएको अन्तिम छनोट प्रतियोगितामा मोटरसाइकल दुर्घटना परि घाइते भएका थिए । त्यतिवेला उनको स्थानमा छनोट भएका सुनिल महर्जनलाई हराएर स्यान्टु छनोट भएका हुन् । वैदेशिक प्रशिक्षणपछि नेपाली टोली नोभेम्बर २५ तारिख नेपाल फर्कने छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आइतबार बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण