दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको अन्वेषण गर्न आएका चिनियाँ टोलीले बनाए बेसक्याम्प
दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको दैलेखको श्रीस्थान र नाभीस्थानलगायतका क्षेत्रहरुमा अन्वेषणका लागि दैलेख पुगेको चिनियाँ प्राविधिक टोलीले दैलेखको डुँगेश्वर गाउँपालिका वडा नं. १ को चुप्रामा अन्वेषण र उत्खनन्को समय अवधिभर बस्नका लागि बेसक्याम्प निर्माण गरेको छ ।
नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार दैलेख आएको प्राविधिक टोलीले सिस्मिक सर्भे, जिओलोजिकल सर्भे र म्यागनेट सर्भेलगायतका कामहरु सुरु गरेको छ । दैलेखको नारायण नगरपालिका वडा नं. ६ मा चिनियाँ जिओलोजिकल सर्भेको कार्यालय स्थापना पश्चात् बेसक्याम्प निर्माण गरी अन्वेषणको कामलाई द्रुत गतिमा अगाडि बढाइएको छ ।
खानी तथा भूगर्भ विभागका भूगर्भ्विद् गणेश त्रिपाठीका अनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि चारवटा टोली खटिएका छन् । उहाँका अनुसार पहिलो टोलीले सर्भे गरेर आवश्यक पर्ने नक्सा निर्माण गर्नेछ, दोस्रो टोलीले जिओलोजिकल सर्भे गरेर जमिनको सतह मुनिको अवस्थाका विषयमा अनुसन्धान गर्ने, तेस्रो टोलीले अन्वेषणका लागि आवश्यक पर्ने औजारहरु मगाउने र चौथो टोलीले सिस्मिक सर्भे गर्नेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा कमल शर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण