नेकपाले प्रदेश प्रमुखको नाम टुंगो लगाएसँगै सुरु भयो मन्त्रिपरिषद् बैठक
काठमाडौँ । प्रदेश प्रमुखको नियुक्तिका विषयमा निर्णय लिन मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
नेकपा सचिवालय बैठकले सातै प्रदेशका लागि प्रमुख नियुक्तिका लागि सात जनाको नाम सिफारिस गरेसँगै मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।
नेकपा बैठकले अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौँ) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
यद्यपि कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिने भन्नेचाहिँ मन्त्रिपरिषद्ले टुंगो लगाउने छ । प्रदेश प्रमुखलाई संघीय सरकारको प्रतिनिधिको रुपमा लिइन्छ ।
सरकारले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णयसँगै नेकपाले नयाँ नामको टुंगो लगाएको हो ।
सरकारको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १ का गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश २ का रत्नेशवर लाल कायस्थ, प्रदेश ३ का अनुराधा कोइराला, गण्डकीका बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णालीका दुर्गा केशर खनाल र सुदूरपश्चिमका मोहनराज मल्ललाई प्रदेश प्रमुखको जिम्मेवारीबाट पदमुक्त गरेकी थिइन् ।
राष्ट्रपतिले संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड (ख) बमोजिम उनीहरुलाई पदमुक्त गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण