यस्तो छ राष्ट्र बैंकका डेपुटी गर्भनर श्रेष्ठमाथि लागेको गम्भीर आरोप
काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठलाई गम्भीर आरोप लगाएको छ । सो आरोपको छानविनका लागि राष्ट्र बैंकलाई अर्थमन्त्रालयले निर्देशन समेत दिइसकेको छ ।
राष्ट्र बैंकले छानबिन समिति समेत गठन गरिसकेको सन्दर्भमा श्रेष्ठ स्वतः निलम्बनमा परेका छन् ।
राष्ट्र बैंकले श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र डा. सुबोध कुमार कर्ण गरी ३ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
छानबिन समितिलाई अध्ययनका लागि ३० कार्यदिन तोकिएको छ । अबको एक महिनाभित्र सो समितिले सरकारलाई अध्ययन प्रतिवेदन बुझाउनु पर्नेछ ।
अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका उपसचिव गोविन्द प्रसाद सुवेदीको हस्ताक्षर रहेको पत्र कात्तिक ७ गतेको मितिमा लेखिएको छ ।
सो पत्रमा उल्लेखित आरोप यस्तो छः
१. विदेश भ्रमणमा जाँदा कानुन बमोजिम पाउने सुविधा भन्दा बढी सुविधा लिएर राष्ट्र बैंकलाई नोक्सानी पुर्याएको
२. नेपालले सम्पत्ति शुद्धिकरण निवारणका लागि गरेको प्रयासमा असहयोग गरेको
३. वित्तीय क्षेत्रमा अनुचित गतिविधि गरेको
तर, श्रेष्ठले आफूलाई गर्भनर हुन नदिने योजनाका साथ षड्यन्त्र गर्न खोजिएको दाबी गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण