नेपाल इन्भेष्टमेण्ट बैंक र चाईनाको युनियनपे अन्तर्राष्ट्रिय कम्पनीको सहकार्यमा एनआईबीएल युनियनपे कार्ड प्रारम्भ
काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र युनियनपे अन्तर्राष्ट्रिय कम्पनीका अध्यक्ष चाय जियाङबो बीच एनआईबीएल युनियनपे कार्ड तथा प्रोडक्टहरु नेपाली बजारमा निकट भविष्यमा प्रारम्भ गर्ने सहमति भएको छ ।
नेपाल इन्भेष्टमण्ट बैंकले आफ्ना चाईना भ्रमणमा जाने ग्राहकहरु र चाईनाबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरी नेपाल इन्भेष्टमेण्ट बैंकले अहिले युनियनपे डेविट, क्रेडिट, प्रिपेड ट्राभल कार्ड उपलब्ध गराउँदैछ भने क्यूआर कोड मार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रारम्भ गर्न लागिएको जानकारी गराएको छ ।
नेपाल इन्भेष्टमेण्ट युनियनपे कार्डमार्फत सजिलै एटीएम मेसिनबाट नगद निकाल्न सकिनेछ भने सेवा प्रयोग, सामान खरिद, होटेल, रेष्टुरेन्टको रकम भुक्तानी गर्दा यो कार्डबाट आर्थिक कारोबार गर्न सकिनेछ ।

यस अवसरमा नेपाल इन्भेष्टमेण्ट बैंक लि.का प्रमुख कार्यकारी अधिकृत श्री ज्योति प्रकाश पाण्डेले नेपाल सरकारद्धारा आयोजित नेपाल भ्रमण वर्ष २०२० लाई पनि लक्षित गरी एनआईबिएल युनियनपे अन्तर्राष्ट्रिय कम्पनी लि.ले सहकार्य प्रारम्भ गर्न लागिएको जानकारी गराए ।
नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१८ मा चाईनाबाट १५३,६३३ चाईनिज पर्यटक नेपाल आएका थिए भने नेपाल भ्रमण वर्ष २०२० मा ३००,००० चाईनिज पर्यटक नेपाल आउने अपेक्षा राखिएको छ ।
युनियनपे अन्तर्राष्ट्रिय कम्पनीको प्रधान कार्यालय चाईनाको सांघाई स्थित २०१२ मा स्थापित भएको थियो भने हाल यस कम्पनीले विश्वको १७७ देशमा आफ्नो सेवा प्रदान गर्दै आईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण