काठमाडौँ उपत्यकाबाट हराएका २० मोटरसाइकल र एउटा कार फेला
काठमाडौं-ट्राफिक प्रहरीले विभिन्न समयमा काठमाडौँ उपत्यकामा हराएका २० मोटरसाइकल र एक कारलाई खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको वसन्तपुर, कोटेश्वर, नैकाप, थापागाँउ, स्वयम्भू, त्रिभुवन शिक्षण अस्पताल, गोँगबु, सामाखुशी, पाटन, लुभु, बालकुमारीलगायत क्षेत्रबाट हराएका मोटरसाइकल र कार खोजी गरी सम्बन्धित धनीलाई बुझाएको हो ।
महाशाखाले राम थापा, गणेश खकुरेल, अटुल महर्जन, नवराज डङ्गोल, सञ्जय बोहरा, सुभाषकुमार श्रेष्ठ, रामप्रसाद गौतम, हिराकाजी महर्जन, बेसिक गौतम, रुपक शाक्य, सूर्यप्रकाश ठाकुर, किरणकुमार थापा, रोशन नगरकोटी, राकेश तामाङ, सुदर्शन घिमिरे, रोण्डो तामाङ, अर्जुनराज सेढाई, सन्देश कार्की, सविना तामाङको मोटरसाइकल तथा कार खोजेर बुझाएको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सवारी साधन हराएको निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको जानकारी दिए । उपत्यकाबाट हराएका अधिकांश मोटरसाइकल तथा कार उपत्यका बाहिर लैजाने गरेको महाशाखाले जनाएको छ । महाशाखाले चालू आर्थिक वर्षमा मात्र ९२ हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । मोटरसाइकल चोरी कार्यमा संलग्न २५ व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको महाशाखा प्रमुख ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण