आईपीएलमा सबै टीमले अब ११ को साटो १५ खेलाडी उतार्न सक्ने
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) लाई अझै रोचक बनाउन लिगमा चाँडै पावर प्लेयरको नयाँ अवधारणा हेर्न पाउन सकिनेछ ।
नयाँ अवधारणा अन्तरगत टीमले ११ खेलाडी नभएर १५ खेलाडी मैदानमा उतार्न सक्नेछन् । यसमा कुनै पनि खेलाडीले कुनै पनि दोस्रो खेलाडीलाई खेलको कुनै पनि मोडमा रिप्लेस गर्न सक्छन् । सामान्य रुपमा टीमको कुनै पनि विकेट झरेपछि वा ओभर सकिएपछि खेलाडीलाई सब्टिच्युट गर्न पाउँछन् ।
अहिले यो नियमको प्रस्ताव बीसीसीआईका वरिष्ठ अधिकारीहरुसामु राखिएको छ । भारतीय मिडियाका अनुसार उनीहरुलाई यो प्रस्तावना मन मरेको छ ।
अब यो आईपीएलको नियामक टोलीका सामुन्ने राख्न बाँकी छ । मंगलबार मुम्बईस्थित बीसीसीआईको मुख्यालयमा मिटिङ हुने बताइएको छ । यसमा पावर प्लेयरको अवधारणामाथि छलफल हुनेछ । सहमति भए आगामी सिजन यो नियम लागू हुन सक्ने सम्भावना रहेको छ ।
बीसीसीआईका एक वरिष्ठ पदाधिकारीले यो नियम सम्झाउँदै भने, ‘यदि यो नियम लागू भयो भने टोलीले खेलभन्दा अघि प्लेइङ ११ नभएर प्लेइङ १५ को घोषणा गर्नेछ । अब सोच्नुहोस् कुनै टोलीलाई अन्तिम ओभरमा २० रन आवश्यक छ । १९ औँ ओभरको अन्तिम बलमा कुनै विकेट झर्छ, टोली अन्तिम ओभरमा खेल्न आन्द्रे रसललाई उतार्छ र खेल जिताउँछन् भने यो कनि रोमाञ्चक हुनेछ आफै सोच्नुहोस् ।’
यदि मङ्गलबार हुने भनिएको बैठकमा पावर प्लेयरका लागि सहमति बने यसलाई पहिले सैयद मुश्ताक अली ट्रफीमा लागू गरिनेछ । त्यहाँबाट यो नियम आइपीएलमा लागू गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण