राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेश
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले ६० औं वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई उनले आर्थिक वर्ष २०७५/०७६ को प्रतिवेदन पेश गरेका हुन् । संवैधानिक व्यवस्थाअनुसार आयोगले हरेक वर्ष आफूले सम्पादन गरेका कामको प्रगति विवरण राष्ट्रपतिसमक्ष पेश गर्ने गरेको छ ।
सो अवसरमा आयोगका सदस्यसमेतको उपस्थिति रहेको थियो । आयोगले २०१६ सालमा पहिलो पटक वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो । सो अवसरमा आयोगका अध्यक्ष मैनालीले आयोगलाई अझ स्वच्छ र मर्यादित बनाउने बताए ।
प्रतिवेदनमा प्रशासनिक र वित्तीय स्थिति, परीक्षण प्रविधि, शैक्षिक योग्यता र पाठ्यक्रमसम्बन्धि भए–गरेका काम, विज्ञापन र दरखास्तसम्बन्धी विवरण, परीक्षासम्बन्धी विवरण, अन्तर्वार्ता र सिफारिससम्बन्धी विवरण, समावेशी पदपूर्तिसम्बन्धी विवरण रहेका छन् ।
यसैगरी प्रतिवेदनमा आयोगमा परेका उजुरीका सम्बन्धमा भएका निर्णय, स्थानीय तहको पदपूर्ति, सुरक्षा निकाय र सङ्गठित संस्थाको पदपूर्ति सम्बन्धमा आयोगबाट भएका काम, साङ्गठनिक सुधार र नवप्रवर्तनीय कामसमेत उल्लेख गरिएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार गत आवमा आयोगले ८७ बैठक गरी २९७ वटा निर्णय गरेको छ । प्रतिवेदनमा आयोगले स्थानीय तहका विभिन्न तहका पदका लागि ३० वटा पाठ्यक्रम निर्माण गरेको उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण