बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमण, कर्मचारीको मृत्यु
मङ्गलबार, १९ कात्तिक २०७६, १६ : १६

बर्दिया– बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो ।
निकुञ्जभित्रको गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडारियाले बताए ।
थारु २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रुपमा कार्यरत रहेका थिए । हात्ती लिएर जङ्गल पस्नुभएका थारु हात्तीबाट ओर्लिएर हात्तीलाई खर काट्ने क्रममा एक्कासि बाघले आक्रमण गरेर सय मिटर पर लगेको थियो । निकुञ्जको हात्तीसहितको टोलीले हल्लाखल्ला गर्दै थारुको खोजी गरेपछि बाघ भागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकार पनि पालो पालो नेतृत्व गर्ने समझदारी छ : गृहमन्त्री लेखक
-
‘जलविद्युत क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्छ’
-
शुभमन बने भारतको नयाँ टेस्ट कप्तान, पन्त उपकप्तान
-
लेभरकुसेनका मिडफिल्डर विर्ट्जलाई अनुबन्ध गर्ने लिभरपुलको इच्छा, तोडिन सक्छ ब्रिटिस रेकर्ड
-
सर्लाहीमा टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते
-
अर्को मोहम्मद रफी कहिल्यै आउने छैनन्