बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमण, कर्मचारीको मृत्यु
मङ्गलबार, १९ कात्तिक २०७६, १६ : १६
बर्दिया– बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो ।
निकुञ्जभित्रको गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडारियाले बताए ।
थारु २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रुपमा कार्यरत रहेका थिए । हात्ती लिएर जङ्गल पस्नुभएका थारु हात्तीबाट ओर्लिएर हात्तीलाई खर काट्ने क्रममा एक्कासि बाघले आक्रमण गरेर सय मिटर पर लगेको थियो । निकुञ्जको हात्तीसहितको टोलीले हल्लाखल्ला गर्दै थारुको खोजी गरेपछि बाघ भागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण