स्मिथको ब्याटिङमा घुम्यो पाकिस्तान
एजेन्सी-स्टिभ स्मिथले उत्कृष्ट प्रदर्शन गरेपछि पाकिस्तानविरुद्धको दोस्रो टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टोली अस्ट्रेलिया सजिलै विजयी भएको छ । मंगलबार भएको खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई सात विकेटले हरायो । जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १—० को अग्रता लिएको छ । यसअघि पहिलो खेल अनिर्णित रूपमा सकिएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५० रन बनायो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखार अहमदले अर्धशतक बनाए । ओपनर बाबरले ५० र इफ्तिखार अहमदले अविजित ६२ रन बनाएका थिए । मोहम्मद रिजवानले १४ र इमाद वसिम ११ रन बनाएका थिए । अस्ट्रेलियाका एस्टन अगरले दुई तथा केन रिचर्डसन र प्याट कुमिन्सले एक÷एक विकेट लिए ।
एक सय ५१ रनको विजय लक्ष्य पाएको अस्ट्रेलियाले १८.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । अस्ट्रेलियाको नितमा स्टिभ स्मिथले अविजित ८० रन बनाए । स्मिथले ५१ ब्लमा एक छक्का र ११ चौकाको सहयोगमा उक्त रन बनाएका थिए ।
बेन म्याकडर्मोटले २१, डेभिड वार्नरल २० र कप्तान एरोन फिन्च १७ रनमा पेभेलियन फर्किएका थिए । पाकिस्तानका मोहम्मद इरफान, इमाद बसिम र मोहम्मद आमिरले एक÷एक विकेट लिए । अस्ट्रेलियाका स्मिथ म्यान अफ दी म्याच घोषित भए । शृंखलाको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण