समाजवादी–राजपा एकताः हात्ती आयो हात्ती आयो फुस्सा !
सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच तत्काल एकता नहुने भएको छ ।
एकताका लागि दुबै दलका शीर्ष नेताबीच औपचारिक अनौपचारिक वार्ता भए पनि एकताको खाका नै तयार हुन सकेको छैन ।
दुबै दल एकीकरण गरेर वैकल्पिक पार्टीका रुपमा स्थापित गर्ने उद्देश्य समाजवादी र राजपाले लिए पनि पदीय भागबण्डामा पुगेर प्रक्रिया रोकिएको बताइएको छ ।
राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले पार्टी एकताको प्रक्रिया अगाडि बढेको दाबी गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘जनता र कार्यकताएको चाहनाअनुसार दुबै पार्टी एकता गरेर एउटै पार्टी बनाउन वार्ता सकारात्मकरुपमा अगाडि बढिरहेको छ ।’
कम्युनिष्ट र कांग्रेसको वैकल्पिक शक्तिका रुपमा पार्टी एकता गर्न लागेको बताउँदै यादवले शीर्ष तहमा लगातार छलफल भइरहेको बताउनुभयो । एकतामा समाजवादी पार्टीभित्र ठूलो विवाद नरहे पनि राजपाभित्र विवाह रहेको बताइएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण