गर्भवती तथा सुत्केरीको हवाई उद्धार प्रभावकारी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत हाल कार्यान्वयनमा रहेको दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार र उपचार कार्यक्रम ज्यादै प्रभावकारी देखिएको छ ।
सडक सञ्जाल नपुगेको दुर्गम र पिछडिएको क्षेत्रका महिला कार्यक्रमको प्राथमिकतामा परेकाले पनि कार्यक्रम प्रभावकारी भएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्ने कार्यक्रम सुरु भएको १३ महिनामा गम्भीर अवस्थामा पुगेका ५३ जनाको ज्यान बचाउन सफल भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यविधि २०७५ असोज ३० गते बनेपछि कार्यान्वयनमा आएको बताइन्।
“यस कार्यक्रमले असाध्यै राम्रो परिणाम देखाएको छ, स्वास्थ्य गम्भीर अवस्थामा पुगेका सुत्केरी महिलाको उद्धार गरी उपचार गरेर आमा र शिशुको ज्यान बचेको छ,” उनले भनिन् । स्वास्थ्य सेवाबाट वञ्चित दुर्गमका महिलाको ज्यान मात्र जोगिएको छैन, राज्यले नागरिकको जीवन रक्षाका लागि निर्वाह गर्नुपर्ने भूमिका प्रभावकारी भएको उनी बताउँछिन्। “मातृशिशु मृत्यु दरमा कमी ल्याउनसमेत योगदान पुगिरहेको छ,” मन्त्री थापाले कार्यक्रममा प्रभावकारिता स्पष्ट पारिन् ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण