आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्डकी प्रधानमन्त्रीको दुई मिनेटको भिडियो भाइरल, अहिलेसम्म २७ लाखले हेरिसके

बुधबार, २० कात्तिक २०७६, १० : २९
बुधबार, २० कात्तिक २०७६

न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनको दुई मिनेटको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । यो भिडियोमा जेसिन्डाले आफ्नो सरकारको दुई वर्ष पूरा भएको एक भिडियोमा सेयर गरेकी छिन् । यो भिडियोमा जेसिन्डले आफ्नो सरकारको उपलब्धिबारे जानकारी दिएकी छिन् । दुई मिनेटको यो भिडियोका लागि आर्डनलाई यो चुनौती उनको टिमले दिएको उनले बताएकी छिन् ।

आर्डनको यो भिडियो सोसल मिडियामा चर्चाको विषय बनेको छ । अहिलेसम्म यसलाई २७ लाखले हेरिसकेका छन् । भिडियो हेरेपछि मानिसहरुले उनको निकै तारिफ पनि गरेका छन् । स्मरण रहोस्, जेसिन्डा अर्डन न्यूजिल्याण्डकी सबैभन्दा युवा प्रधानमन्त्री हुन् । उनी लेबर पार्टीकी नेता हुन् ।

दुई मिनेटको यो भिडियोमा जेसिन्डाले उनको सरकारले दुई वर्षमा ९२ हजारलाई जागिर दिएको, २२ हजार स्टेट हाउसेज बनाएको, प्रदुषण र क्यान्सरबाट बच्नका लागि शून्य कार्बन बिल सदनमा ल्याएको, हाइवेलाई मानिसहरुका लागि थप सुरक्षित बनाएको, जेलमा कैदीको संख्या कम भएको बताएका छन् । यीबाहेक उनले आफ्नो सरकारका थुप्रै उपलब्धिबारे जानकारी दिएकी छिन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप