न्यूजिल्याण्डकी प्रधानमन्त्रीको दुई मिनेटको भिडियो भाइरल, अहिलेसम्म २७ लाखले हेरिसके
न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनको दुई मिनेटको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । यो भिडियोमा जेसिन्डाले आफ्नो सरकारको दुई वर्ष पूरा भएको एक भिडियोमा सेयर गरेकी छिन् । यो भिडियोमा जेसिन्डले आफ्नो सरकारको उपलब्धिबारे जानकारी दिएकी छिन् । दुई मिनेटको यो भिडियोका लागि आर्डनलाई यो चुनौती उनको टिमले दिएको उनले बताएकी छिन् ।
आर्डनको यो भिडियो सोसल मिडियामा चर्चाको विषय बनेको छ । अहिलेसम्म यसलाई २७ लाखले हेरिसकेका छन् । भिडियो हेरेपछि मानिसहरुले उनको निकै तारिफ पनि गरेका छन् । स्मरण रहोस्, जेसिन्डा अर्डन न्यूजिल्याण्डकी सबैभन्दा युवा प्रधानमन्त्री हुन् । उनी लेबर पार्टीकी नेता हुन् ।
दुई मिनेटको यो भिडियोमा जेसिन्डाले उनको सरकारले दुई वर्षमा ९२ हजारलाई जागिर दिएको, २२ हजार स्टेट हाउसेज बनाएको, प्रदुषण र क्यान्सरबाट बच्नका लागि शून्य कार्बन बिल सदनमा ल्याएको, हाइवेलाई मानिसहरुका लागि थप सुरक्षित बनाएको, जेलमा कैदीको संख्या कम भएको बताएका छन् । यीबाहेक उनले आफ्नो सरकारका थुप्रै उपलब्धिबारे जानकारी दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण