नेताहरुको बहिस्कारका बीच काँग्रेसले टुंगो लगायो उम्मेदवार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचन हुने प्रतितिधि र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ । विवादका बीच काँग्रेसले मनोनयनपत्र दर्ताको अघिल्लो दिनमात्रै उम्मेदवारी टुंगो लगाएको हो ।
बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले उम्मेदावर चयन गरेको प्रवक्ता विश्व प्रकाश शर्माले रातोपाटीलाई बताए ।
उनका अनुसार प्रतिनिधिसभा कास्की–२ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको छ।
यस्तै प्रदेशसभातर्फ बागलुङ–२ को (ख)मा जित शेरचन, दाङ–३ को (ख) मा केशव आचार्य र भक्तपुर १ को (क) माकृष्ण भँडेललाई टिकट दिइएको छ ।
काँग्रेसले सस्थापन इतर पक्षको असहमतिका बीच उम्मेदवार टुंगो लगाएको हो ।
बुधबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा समूहगत शक्ति सन्तुलन नमिलेपछि संस्थापन इतर पक्ष बैठक छाडेर बाहिरिएको थियो ।
बैठक बहिस्कार गर्नेमध्येका एक नेताले भने, ‘हामी सबै (वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष सितावेदी यादव)ले सभापतिजीलाई जे गर्नुछ तपाईँ गर्नुहोस् भनेर निस्कियौँ ।’
तर उनीहरुको बहिस्कारका बीच पनि सभापति शेरबहादुर देउवा, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा बसेर उम्मेदवार चयन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ मन्त्रालयका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व
-
अभिषेक गिरीलाई थुनामुक्त गर्न मोरङ अदालतको आदेश
-
कोशी अस्पतालको जग्गा खाली गर्न अर्को अल्टिमेटम
-
गृहको निर्देशनपछि सुस्तामा प्रशासन सक्रिय, नागरिकता विवरण संकलन गर्ने तयारी
-
शिक्षित आमामै पूर्ण स्तनपानको दर घट्दो, दूधदानी प्रयोग बढ्दै
-
कालीकोटमा व्यावसायिक प्रतिष्ठानको सङ्ख्या उल्लेखनीय वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण