भक्तपुरमा यसरी भयो उम्मेदवार मनोनयनपत्र दर्ता (फोटोफिचर)
भक्तपुर । मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि भक्तपुर–१ (क) प्रदेशसभामा सत्तारुढ नेकपा, प्रतिपक्षी नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन आयोगद्वारा निर्धारित कार्यतालिका अन्तर्गत बिहीबार उम्मेदवार मनोनयनपत्र दर्ता भएको हो ।
भक्तपुर–१ (क) मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट देवीप्रसाद ढकाल (डीपी) ले उम्मेदवारी दर्ता गराएका छन् । नेकपाका नेता बामदेव गौतम, सांसद महेश बस्नेतलगायतको उपस्थितिमा ढकालले निर्वाचन कार्यालयमा उम्मेदवार मनोनयनपत्र दर्ता गरेका हुन् । मनोनयनपत्र दर्ताका क्रममा नेकपाका कार्यकर्ताहरुको जुलुससमेत निर्वाचन कार्यालय पुगेको थियो ।
यस्तै नेपाली कांग्रेसबाट कृष्ण भँडेलको पनि उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताका क्रममा कांग्रेस कार्यकर्ताहरु जुलुसहित निर्वाचन कार्यालय पुगेका थिए ।
भक्तपुर प्रभाव क्षेत्र भएको नेपाल मजदुर किसान पार्टीले निरज लवजुलाई उम्मेदवार बनाएको छ । उनले पनि दलबलसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।
सो क्षेत्रबाट राप्रपा संयुक्तका रामशरण लामिछानेले पनि उम्मेदवारी दिएका छन् ।
यस्तै समाजवादी पार्टीबाट सुदर्शन मुनकर्मीले मनोनयनपत्र दर्ता गराएका छन् भने साझा पार्टीबाट सुरज प्रधानले पनि उम्मेदवारी दर्ता गराए ।
सो क्षेत्रबाट तीन स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारी दर्ता गराएका छन् ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण