कोरियाली कम्पनीले मेक्सिकोमा आठ हजार एटिएम आपूर्ति गर्ने
सियोल– दक्षिण कोरियाको सूचना प्रविधि क्षेत्रको विशाल कम्पनी ह्योसुङ ग्रुपले मेक्सिकोको एक परियोजनाका लागि आठ हजार थान एटिएम आपूर्ति गर्ने भएको छ । ग्रुपको एटिएम उत्पादन इकाई ह्युसोङ टिएनएस इन्कले मेक्सिकोको ग्रामीण एटिएम परियोजना अन्तर्गत सन् २०२० को अन्त्यसम्ममा करिब १७ करोड ४० लाख अमेरिकी डलर बराबरका आठ हजार थान एटिएम बिक्री गर्नेछ ।
समूहका अनुसार नयाँ सम्झौता लगत्तै ह्युसोङ टिएनएसको कम्पनीको सेयरमूल्यमा १५ प्रतिशत वृद्धि हुनेछ । आर्थिक रुपमा जोखिममा रहेका मानिसलाई कल्याणकारी कार्ड मार्फत सरकारी सेवा उपलब्ध गराउन यस परियोजनाले मद्दत गर्नेछ ।
मेक्सिकोका झण्डै दुई करोड मानिस सरकारी सहयोग कार्यक्रममा आबद्ध छन्, तर वित्तीय सेवा पूर्वाधारको कमीका कारण उनीहरुलाई समयमै नगद प्राप्त गर्न कठिनाइ हुने गरेको छ ।
यसैबीच, ह्युसोङका अध्यक्ष चो ह्यून–जूनले मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरलाई बुधबार भेट गर्नुभएको कम्पनीले जनाएको छ । त्यस अवसरमा मेक्सिकोको ऊर्जा पूर्वाधार र नवीकरणीय ऊर्जा क्षेत्रमा उपलब्ध अवसरका बारेमा छलफल भएको थियो । –योन्हाप/PHoto: pulsenews.co.k
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण