भारतको नक्सामा नेपाली भूमि समेटिएको बारे देउवाले गरे भारतीय राजदूतलाई फोन
काठमाडौँ । भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीसँग टेलिफोन संवाद गरेका छन् ।
सो क्रममा देउवाले नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराएको काँग्रेसले जनाएको छ ।
नक्सा प्रकरणमा विज्ञप्ति जारी गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो विषयमा कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने पार्टीको धारणा रहेको उल्लेख गरेका छन् ।
‘यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मत भन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने नेपाली काँग्रेसको दृष्टिकोण छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा नेपाली कांग्रेस प्रष्ट छ र कुनैपनि भुमीमाथि हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ ।’
भारतीय नक्सामा नेपाली भूमि समेटिएको पाइएपछि त्यसको नेपालमा व्यापक विरोध भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै: चार मन्त्रीले विभिन्न विधेयक र प्रस्ताव पेस गर्ने
-
ढिला गरी सुरु भयो इंग्ल्याण्ड र मेक्सिकोबिचको खेल
-
हुथी विद्रोहीको आक्रमणमा १६ सैनिकको मृत्यु
-
कम उमेरमै कपाल फुलेर हैरान हुनुहुन्छ ? जान्नुहोस् कारण र रोकथामका उपाय
-
गुआम पुग्यो सुपर टाइफुन ‘बाभी’ : २५० किलोमिटरभन्दा बढीको गतिको आँधी र वर्षा सुरु
-
वर्षायाममा बालबालिकालाई बिरामी हुनबाट कसरी जोगाउने ? ७ महत्त्वपूर्ण टिप्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण