धनुषामा चितुवाको छालासहित ३ जना पक्राउ
जनकपुर- धनुषामा चितुवाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको धनौजी गाउँपालिकास्थित गोरदाहामा सशस्त्र प्रहरीले चेकजाँच गर्दा एक मोटरसाइकलमा सवार ३ जनालाई चितुवाको छालासहित पक्राउ गरेको हो ।
पाटे चितुवाको शरीरको भाग ५ फिट र पुच्छर ७.५ फिट तथा लम्बाई ४.४५ फिट चौडाइ भएको पाटे चितुवाको एक थान छाला, यमाहा कम्पनीको एफजेड मोटरसाइकल एक थान, १३ हजार ४ सय ५५, सुनको औँठी एक थान र मोबाइल २ थान बरामद भएको सशस्त्र प्रहरी बल धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए ।
अवैध रुपमा पाटे चितुवाको छालाको चोरी निकासीमा संलग्न रहेको आरोपमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वड्क नम्बर ५ बस्ने २८ वर्षका सुनिल ढुङ्गेल, ३९ वर्षका शिवकुमार महतो र धनुषाको धनौजी गाउपालिका वडा नम्बर ४ बस्ने ३६ वर्षका जयराम मण्डल पक्राउ परेको प्रहरी उपरीक्षक उप्रेतीले जनाए ।
सशस्त्र प्रहरी बल नम्बर ८ धनुषाको गण धनुषा हेडक्वार्टरबाट खटेको ६ जनाको स्क्वाइट टोलिले चेकजाचको क्रममा बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण