बार्सिलोनालाई पछि पार्दै सोसियडाड शीर्ष स्थानमा
शनिबार, २३ कात्तिक २०७६, १० : ३६
रियल सोसियडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । सुक्रबार राति भएको खेलमा रेलिगेसन टोली लेनागेससँग १–१ गोलको बराबरी खेल्दै सोसियडाडले शीर्ष स्थान कब्जा गरेको हो ।
रियलले बार्सिलोनालाई एक अंकले पछि पारेको छ । सोसियडाडका लागि माइकल मेरिनोले ६३औ मिनेटमा गोल गरेका थिए । त्यसपछि लेगानेसका युसुफ इन नेसरीले ७८औ मिनेटमा बराबरी गोल गरेका थिए ।
बराबरीसँगै सोसियडाडले १३ खेलबाट २३ अंक बनाएको छ । ११ खेल सक्दै दोस्रो स्थानमा रहेको बार्सिलोनाको २२ अंक छ । तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको पनि २२ अंक छ । सोसियडाडलाई बराबरीमा रोकेको लेगानेस ६ अंक सहित तालिकाको अन्तिममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण