‘अकुपाई टुँडिखेल’ अभियान : अतिक्रमणविरुद्ध बनाइयो मानवसाङ्लो (फोटोफिचर)
काठमाडौँ । दिन प्रतिदिन हुँदै आएको टुँडिखेल अतिक्रमणविरुद्ध प्रदर्शन भएको छ । शनिबार बिहान टुँडिखेलमा भेला भएका सरोकारवालाले अतिक्रमण रोक्न सरकारलाई ध्यानाकर्षण गराए ।
‘अकुपाई टुँडिखेल’ नाम दिइएको नागरिक स्तरबाट आयोजित अभियानका क्रममा सहभागीले मानवसाङ्लो बनाएर टुँडिखेललाई घेरेका थिए ।
सो क्रममा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, भिमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, प्राध्यापक केदारभक्त माथेमा लगायतको समेत सहभागीता रहेका थियो ।
कार्यक्रममा सहभागीले ‘टुँडिखेल अब लिनेछ जनताले फिर्ता’ ‘पुर्खाको नासो जनताको हक’, ‘खुल्ला ठाउँलाई खुल्लै राखौं’, लगायतका नारा नारा अंकित प्लेकार्ड बोकेका थिए ।
सो अवसरमाअकुपाई टुँडिखेल अभियान शनिबारदेखि सुरु भएको र तीन महिनासम्म हरेक शनिबार निरन्तर जारी रहने जानकारी दिइयो ।
पछिल्लो समय टुँडिखेल विभिन्न नाममा अतिक्रमणको चपेटामा परेपछि सरोकारवालाले टुँडिखेल बचाउन सरकारलाई दवाव दिने उद्देश्यका साथ अभियान सञ्चालन गरेका हुन् ।