सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग

सोमबार, ०१ असार २०८३, ११ : २८
सोमबार, ०१ असार २०८३

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–४ मा एक श्रमिक महिलाको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीले  ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका केन्द्रीय प्रवक्ता लक्ष्मी गुरुङले आइतबार एक प्रेस वक्तव्य जारी गर्दै भीमदत्त राजमार्गको गाईमारे डाँडामा ४४ वर्षीया धनादेवी धामीको स्वरोजगारको माध्यम (टेम्पो) वन कर्मचारीले भिरबाट खसालिदिएको घटनाको भर्त्सना गरेकी छन्।

धामीले अब त्यहाँ नबस्ने र टेम्पो आफैँ लैजाने बिन्ती गर्दागर्दै पनि कर्मचारीले जबर्जस्ती टेम्पो भिरबाट खसालेको पाइएको भन्दै पार्टीले यसलाई श्रमिकमाथिको ठूलो ज्यादती भनेको छ ।

“के श्रम गरेर खाने नागरिक यो देशमा बस्न नपाउने हो ? सरकार कता जाँदैछ ?” भन्दै प्रवक्ता गुरुङले प्रश्न उठाउकी छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीले उक्त घटनामा संलग्नलाई तत्काल कडा कानुनी कारबाही गर्न र पीडित धामीलाई उचित क्षतिपूर्ति दिलाउन सरकारसँग जोडदार माग गरेको छ ।

No description available.

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप