प्रधानमन्त्रीको ध्यान यता पनि पुग्ला ? प्रधानमन्त्री कार्यालय र मन्त्रालयको काम पनि छैन चुस्त
सोमबार, २५ कात्तिक २०७६, ०७ : ०८
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वकीय सचिवालय तथा सल्लाहकार टीमसँग असन्तुष्ट भइरहेको अवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासनि संयन्त्र पनि सशक्त बन्न सकेको छैन ।
त्यस्तै, सरकारलाई सफल बनाउने मन्त्रालयको प्रशासनिक तथा सिंगो कर्मचारी संयन्त्रले पनि उच्च मनोबलका साथ दिलोज्यान दिएर काम नगरेको पाइएको छ ।
प्रधानमन्त्री कार्यालयको प्रशासनिक संयन्त्र शक्तिशाली र कामयावी हुनुपर्नेमा त्यस्तो हुन नसक्दा अन्य मन्त्रालयको प्रशासनिक संयन्त्र पनि आक्रामक रुपमा काम गर्न नसकेको प्रशासनविद्को तर्क छ ।
प्रधानमन्त्रीले आफ्नो स्वकीय सचिवालय तथा सल्लाहकार टीमले आक्रामक काम गर्न नसकेको भन्दै राजीनामा दिन सुझाइसकेका छन् । यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण