उपनिर्वाचन २०७६ : मकालुका सबै मतदान केन्द्र संवेदनशील
संखुवासभा– मकालुका सबै मतदान केन्द्रलाई संवेदनशील मानिएको छ । सङ्खुवासभाको मकालु गाउँपालिकामा अध्यक्ष पदका लागि लागि आगामी मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ । खाँदबारी नगरपालिका–३ मा समेत वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । दुवै ठाउँमा निर्वाचन आयोगले ११ मतदानस्थल तोकेको छ ।
एघार मतदानस्थलमध्ये १० वटा सुरक्षाका हिसाबले संवेदनशील रहेको निर्वाचन कार्यालयका प्रमुख चोलाराज दङ्गालले बताए । उनका अनुसार १० मतदानस्थललाई जिल्ला सुरक्षा समितिले संवेदनशीलको सूचीमा राखेको हो । सुरक्षाका दृष्टिले १० मतदानस्थललाई संवेदनशील मानिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । एक मतदानस्थलको दुई मतदान केन्द्रलाई मात्रै सामान्य संवेदनशीलको सूचीमा राखिएको उनले उल्लेख गरे ।
संवेदनशील मतदानस्थलमा नौ हजार एक मतदाता छन् भने १३ मतदान केन्द्र छन् । सङ्खुवासभा मकालु गाउँपालिकाका १० वटै मतदानस्थललाई सुरक्षाका हिसाबले संवेदनशील मानिएको प्रजिअ दुलाल बताउँछन् । मकालुमा गाउँ अध्यक्ष र खाँदबारी–३ मा वडाअध्यक्षको पदका लागि उपनिर्वाचन मङ्सिर १४ गते निर्वाचन हुँदैछ ।
उपनिर्वाचन हुने मकालु गाउ“पालिकामा नौ हजार एक तथा खाँदबारी नगरपालिका–३ मा एक हजार ८२२ मतदाता छन् । मतदान केन्द्रलाई दुई भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ दुलालले जानकारी दिए ।
संवेदनशील मतदानस्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिने प्रजिअ दुलालको भनाइ छ । भौगोलिक विकटता, दलीय प्रतिस्पर्धा र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर संवेदनशील र सामान्य मतदानस्थलका रुपमा छुट्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिमा बोस्निया–हर्जगोभिना १–० ले अगाडि
-
पहिलो हाफमा बोस्निया–हर्जगोभिना १–० ले अगाडि
-
जोभो लुकिचको गोलमा बोस्निया–हर्जगोभिनालाई सुरुवाती अग्रता
-
इप्पान कोषाध्यक्षमा शंकर बस्याल विजयी
-
विगतको हारको सिलसिला तोड्दै पहिलो अंक जोड्ने दाउमा दुवै टोली
-
काठमाडौँका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण