मेगा बैंक बन्यो ‘बैंक अफ दी ईयर २०१९’
काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले ‘बैंक अफ दी ईयर २०१९’ अवार्ड हात पार्न सफल भएको छ । लण्डनस्थित फाईनान्सियल टाईम्सले हरेक वर्ष प्रदान गर्ने ‘बैंक अफ दी ईयर’ को उपाधी मेगा बैंकले पाउने पक्का भएको हो । हरेक वर्ष उत्कृष्ट बैंकलाई प्रदान गरिने उक्त अवार्ड यस वर्ष मेगाको पोल्टामा परेको छ ।
गत बर्ष एनएमबी बैंकले प्राप्त गरेको अवार्ड यो वर्ष मेगालाई प्रदान गरिएको छ । मेगा बैंकले संचालन जोखिमलाई न्यून गर्न सफल भएकोमा फाईनान्सियल टाईम्सको निर्णायक मण्डलले यस वर्ष उसलाई छनौटमा पारेको अनुमान गरिएको छ ।
‘हलो देखि हाइड्रो’ सम्म भन्ने नारालाई आत्मसाथ गरेको मेगाले बैंक अफ दि ईयरको उपाधी पाएसँगै विगतका वर्षहरुमा उपाधी पाएका बैंकहरुको दाजोमा अगाडी बढीसकेको प्रष्ट हुन्छ ।
नोभेम्बर २८ मा लण्डनमा हुने फाईनान्सियल टाईम्सको विशेष कार्यक्रममा यो अवार्ड प्रदान हुनेछ । नेपालका कति बैंक अवार्डका लागि समावेश भएका थिए भन्ने आधिकारीक जानकारी सार्वजनिक भएको छैन ।
यता मेगा बैंकले भने सो अवार्ड प्राप्त गरेको आधिकारीक जानकारी नगराए पनि विशेष स्रोतकाअनुसार अवार्ड थाप्न बैंकका अध्यक्ष र प्रमुख कार्यकारी लण्डन जाने अवसर पाउने बताएको छ ।
९ वर्षअघि स्थापना भएको मेगाको १० अर्ब ३८ करोड चुक्ता पुँजी छ भने वासलात १०२ अर्ब रूपैयाँ बराबरको छ । निक्षेप संकलनमा अग्रणी मेगाले करिव ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
६ लाख भन्दा बढी ग्राहकलाई बैकिङ सेवा दिदै आएको मेगा बैंकको १०२ वटा शाखा सञ्जाल छन् । १९ वटा एक्टेन्शन काउन्टर विस्तार गरेको बैंकको २५ सय भन्दा बढी मेगा रेमीट एजेण्ट र ११९ वटा शाखारहित बैंकिङ सेवा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण