आलम प्रकरण : सरकारको अर्का साक्षी पनि ‘होस्टाइल’ भएपछि प्रहरीको सुरक्षामा
रौतहट बम बिस्फोट घटनामा संलग्न रहेका भनेर अदालतमा मुद्दा दायर भइ थुनछेक बहस चलिरहेको बेला अर्का सरकारी साक्षी पनि होस्टाइल भएका छन् ।
सरकारको तर्फबाट प्रमाण र साक्षीका रुपमा पेस गरिएका भारत सीतामढीका गौरीशंकर राम चमारले बयान फेर्ने गरी निवेदन दिएका छन् । सोमबार आलमविरुद्ध थुनछेक बहस चलिरहँदा आलमपक्षकै वकिलको साथमा जिल्ला अदालत प्रवेश गर्न खोजेपछि प्रहरीले चमारलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि आलमका वकिलले नै चमारको नामबाट हस्ताक्षरित भएको निवेदन जिल्ला अदालतमा बुझाएका थिए ।


निवेदनमा चमारले आफू बम बिस्फोटमा नभइ स्टोभ पड्किएर घाइते भएको बताएका छन् । चमारले सीतामढीकै एक निजी अस्पतालबाट त्यतिबेलाको कागजात भन्दै नक्कली कागजात पनि पेश गरेका छन् ।
रौतहट प्रहरीका अनुसार चमारले पहिले उपचार गराएको अस्पताल र हाल कागजात ल्याएको अस्पताल भने फरक परेको छ ।
प्रहरी नियन्त्रणमा पुगेपछि चमारले आफूलाई आलमपक्षका व्यक्तिले ज्यान मार्ने धम्की दिँदै जबरजस्ती नेपाल ल्याएर पहिलेको आफ्नो किटानी जाहेरी विरुद्ध नै बयान फेर्न लगाएको बताएका छन् ।
हाल प्रहरी सुरक्षामा रहेका चमारले आफू बम विस्फोटमै परी घाइते भएको भएपनि आलमपक्षले आफू र आफ्नो परिवारको ज्यान मार्ने धम्की दिएर आफूलाई बयान फेर्न बाध्य बनाएको भन्दै आफू र आफ्नो परिवारको सुरक्षाको मागसमेत गरेका छन् ।
अहिले सरकारी साक्षी चमारलाई रौतहट प्रहरीले सुरक्षा दिएर राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
