तस्विरमा हेर्नुहोस्, कमला नदीमा भूत मेलाको रौनक
आज बिहानदेखि कमला नदीको दृश्य रोमाञ्चक देखिन्थ्यो । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बेतको छडी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै थिए ।
‘पापकी छय धर्मकी जय हई भगतकाली राघो बन्नी आआफनो इष्ट देवता के आसन डोलै छौ’ भन्दै धामीझाँक्री मादल करताल झाइल र ढोलपिहीको मधुर तालबीच यिनीहरुको कर्कश स्वर भय उत्पन्न गरिरहेको थियो ।

धनुषा, सिरहा र भारतको त्रिवेणीमा अवस्थित कमला नदीमा धामीझाँक्री बोक्साबोक्सी र भूतप्रेतबाट पीडितहरुको घुइँचो लागेको थियो । उनीहरुले नै भय उत्पन्न हुने गरी कर्कश स्वरमा चिच्याउँदै थिए।
कमला नदीमा सूर्योदयसँगै आज हजारौँ नव धामीझाँक्री वोक्सावोक्सी पवित्र जलमा डुबुल्की लगाए । त्रीपुरुष पाँच किलोमिटरको दुवैपट्टिका नदीका किनारमा भगत देउता खेल्न खेलिरहेका थिए भने प्रत्येक भगतासँग रहेका २० देखि २५ को समूह भगतै भगतालाई प्रश्न गर्ने गीत गाउनमा व्यस्त थियो ।

आफनो शरीरमा वास बस्न आएका देवतालाई वास वस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कात्तिक पूर्णिमा स्नान गर्ने ती नवधामीझाँक्री वोक्साबोक्सी कमला नदीमा स्नानका लागि आएका हुन् ।

कात्तिक पूर्णिमाका दिन कमला गंगालगायतका पवित्र नदीमा नयाँ भगता जसको जीउमाथि प्रथमपटक देवताको गात स्थायी हुने र भगताको गुण तन्त्रशक्ति चल्ने विश्वास धामीझाँक्रीको छ ।
तन्त्रशास्त्रअनुसार तन्त्रसिद्धिका लागि कात्तिक पूर्णिमाका किन पूर्णहुति दिँदा तन्त्रविधा सिद्ध हुने मान्यता छ । टुनामुना सिकेर धामीझाँक्री र बोक्साबोक्सी बन्नेहरु सिद्धि प्राप्त गर्न कमला नदीमा स्नान गर्ने गर्छन् ।

विजया दशमीको आगमनसँगै धामीझाँक्री बोक्साबोक्सी सक्रिय हुन्छन् । आश्विन अमावस्यालाई तन्त्र सिद्धिका लागि सवोत्तम मानिन्छ । यस अवधिमा सिकारु धामी र बोक्सीहरु रातिरातिमा आ–आफना गुरुसँग मन्त्र सिक्छन्, कालीपूजा अर्थात अमावस्यको राति सिद्धि गर्छन्।
देवीदेवताको गान स्थायी होस् भनेर आआफनो घरबाट आहुत बोकेर कात्तिक पूर्णिमाको विहान कमला नदी र अन्य पवित्र नदीमा स्नान गर्छन् ।

पवित्र नदीमा प्रथम स्नान धामीझाँक्रीसँग आशिष लिने श्रद्धालुहरुको संख्या पनि उल्लेख्य थिए । प्रसादहरु रुपमा कमला नदीको बालुवा, ढुंगा, फूल जे पाए त्यही लिएर श्रद्धालुहरु प्रशन्न हुँदै फर्किन्छन् ।

अन्धविश्वासका कारण वारम्बार बोक्साबोक्सीको नाममा महिलामाथि हुने हिंसा दोहरिरहने सिरहामा रहेका छलफल गोष्ठी सेमिनारमा कमला नदीमा लाग्ने भूत मेलाको दृष्टान्त उठ्ने गरे पनि आधुनिक विज्ञानलाई समेत चुनौती दिने यस्ता घटनाको हालसम्म अनुसन्धान हुन नसकेकोमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण