क्यान फेडेरेशनको अध्यक्षमा नवराज कुँवरको उम्मेदवारी घोषणा
मङ्गलबार, २६ कात्तिक २०७६, १६ : ३१
काठमाडौँ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान फेडेरेशन) को अध्यक्ष पदमा नवराज कुँवरले उम्मेदवारी घोषणा गरेका छन् ।
आगामी मंसीर ७ गते काठमाडांैमा हुने क्यान फेडेरेशनको १३ औं कार्य समिति चयनका लागि हुने निर्वाचनमा कुँवरले आफ्नो टिमसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
हालका वरिष्ठ उपाध्यक्ष रहेका उनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सबै साथीहरुको सुझावको आधारमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएको बताए ।
क्यान फेडेरेशनमा ४३ सदस्यीय केन्द्रिय कार्य समिति छ । सोही कार्य समिति चयनका लागि आगामी मंसीर ७ गते निर्वाचन हुँदैछ । कुँवरले सूचना र प्रविधिको विकासका लागि सबैसँग हातेमालो गरेर अघि बढने संकल्पसहित आफूले क्यान फेडेरेशनको आगामी नेतृत्वको लागि उम्मेदवारी दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण