बन्यो नीति अनुसन्धान प्रतिष्ठान विधेयक
नीति अनुसन्धान प्रतिष्ठान स्थापना भएको एक वर्षपछि सरकारले प्रतिष्ठान स्थापनासम्बन्धी विधेयक संसद्मा दर्ताका लागि पेस गरेको छ । सङ्घीय संसद्को आगामी अधिवेशनमा विधेयक प्रतिनिधि सभामा पेस हुने छ । सरकारले नीति अध्ययन, अनुसन्धान तथा विश्लेषणका आधारमा शासकीय सुधार गर्दै सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना गरिसकेको छ ।
वि.सं. २०७५ असोजबाट प्रतिष्ठान अस्तित्वमा छ तर स्थापनको एक वर्षपछि कानुनी संरचना निर्माण गर्न लागिएको हो । सरकारले नेपालको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक पक्षमा अध्ययन गरी सरकारलाई सुझाव दिन प्रतिष्ठान स्थापना गरेको थियो ।
विधेयकअनुसार प्रतिष्ठानले विशेषज्ञ समूह (थिङ्क ट्याङ्क) का रूपमा काम गर्ने छ । मुलुकले अपनाउनुपर्ने विभिन्न नीतिका सम्बन्धमा प्रतिष्ठानले अध्ययन तथा अनुसन्धान गरी सरकारलाई सुझाव दिने छ । प्रतिष्ठानले सामरिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति तथा परराष्ट्र नीतिको अध्ययन तथा अनुसन्धान गरी त्यसमा अपनाउनुपर्ने उपायबारेमा नेपाल सरकारलाई नीतिगत सुझाव पनि प्रतिष्ठानले दिने छ ।
विधेयकअनुसार मुलुकको आर्थिक उन्नति, सामाजिक न्याय, पारदर्शिता वा सुशासन कायम गर्न अपनाउनुपर्ने नीतिबारे पनि प्रतिष्ठानले सरकारलाई सुझाव दिने छ । सार्वजनिक सेवालाई प्रभावकारी, जवाफदेही र व्यावसायिक बनाउन त्यस्ता सेवा सुधारबारे प्रतिष्ठानले अध्ययन गरी सरकारलाई सुझाव दिने क्षेत्राधिकार पनि विधेयकमा तोकिएको छ ।
यस्तै भ्रष्टाचार निवारण, सम्पत्ति शुद्धीकरण निवारण, राजस्व तथा सार्वजनिक सम्पत्तिको हिनामिनालगायतका विषयमा सरकारले अपनाउनुपर्ने नीतिगत, कानुनी र संस्थागत सुधारबारे पनि प्रतिष्ठानले अध्ययन र सिफारिस गर्न सक्ने विधेयकमा प्रस्ताव गरिएको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण