उत्कृष्ट काम गरेको भन्दै मालिकले कर्मचारीको खुट्टा धोएर धन्यवाद दिए
चीनको एक कस्मेटिक कम्पनीका दुई मालिकले आफ्ना कर्मचारीको इमान्दारिता र कडा मेहनतको निकै रोचक तरिकाले प्रशंसा गरेका छन् । ती मालिकले आफ्नो कम्पनीमा अत्यधिक मेहनत गर्ने केही कर्मचारीलाई उनीहरुको खुट्टा धोएर धन्यवाद ज्ञापन गरेका छन् ।
हामीले यसअघि धेरैपटक पढे सुनेका छौं कि चिनियाँ मालिकहरुको यदि कर्मचारीले कम्पनीको ‘सेल्स गोल मिट’ नगरे चरम यातना दिने गर्छन् । तर चीनको सानडोंग प्रान्तस्थित जिनानमा रहेको नाम नखुलाइएको एक कस्मेटिक कम्पनीले कर्मचारीप्रति आभार व्यक्त गर्न निकै रोचक र भिन्न तरिका अपनाएको छ । चीनको सोसल मिडियामा उक्त भिडियो निकै भाइरल भइरहेको छ जसमा दुई महिला मालिकले कर्मचारीलाई सुरुमा मज्जाले झुकेर नमस्कार गर्छन् र पछि खुट्टा धुन्छन् ।
यो अचम्मको घटना नोभेम्बर २ तारिखमा कम्पनीको हेडक्वार्टरमा आयोजना गरिएको बताइएको छ । कम्पनीले कर्मचारीप्रति देखाएको यस्तो सद्भावलाई कतिले प्रशंसा गरेका छन् भने कतिले यसलाई चर्चा पाउनका लागि गरिएको ढोंग बताएका छन् ।
चीनको ट्वीटर अर्थात् वेबोमा एक व्यक्तिले लेखेका छन्, ‘यी मालिक निकै चलाख छन् । कर्मचारीको खुट्टा धुनु भनेको उनीहरुले उपदानको माग नगर्नु हो ।’
‘दिनदहाडै अरुको खुट्टा धुने यो तुच्छ स्टन्ट कसले विकसित गर्यो ? र यो कसलाई रोचक लाग्छ ?’ अर्का एकजनाले कमेन्ट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीका किसानले पाए उखुको भुक्तानी
-
बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री
-
जसितासँग प्रेमबारे अनमोल, ‘अहिलेसम्म सिंगल नै छु’
-
बाँकेको कोहलपुरमा गोली चल्यो, लागु औषध कारोबारी पक्राउ
-
सुदूरपश्चिम प्रदेशको बजेट १० प्रतिशतले बढ्ने
-
निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएका छन् : प्रधानमन्त्री