बेलायती राजकुमार चाल्र्सको जन्मोत्सव मुम्बइका विद्यार्थीसँग
बिहीबार, २८ कात्तिक २०७६, १६ : ४६
एजेन्सी– बेलायतका राजकुमार चाल्र्सले आफ्नो ७१औँ बार्षिकोत्वस भारतको मुम्बइमा मनाएका छन् । भारतको तीन दिने भ्रमणमा रहेका राजकुमार चाल्र्सले बिहीबार मुम्बईस्थित ताजमहल होटलमा विद्यार्थीहरुसँग जन्मोत्सव मनाएका हुन् ।
जन्मोत्सव समारोहमा उनले सामान्य केक काटेका थिए भने २० भन्दा बढी विद्यार्थीले उनलाई घेरेका थिए । जन्मोत्सव समारोहमा सहभागी विद्यार्थीहरुले ताली बजाउदै राजकुमार चार्सलाई दीर्घ जीवनको शुभकामना व्यक्त गरेका थिए ।
भारतको दशौँ औपचारिक भ्रमणका क्रममा उनले राष्ट्रपति रामनाथ कोविन्दलाई भेट्नुका साथै गुरुद्धारा बङ्गला साहिब र भारतीय मौसम विज्ञान विभागको भ्रमण गरेका थिए । –एएनआई/Photo: Daily-mail
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा सत्ताका लागि दलहरूको दौडधुप, नयाँ सरकारको साँचो लोसपाको हातमा
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
दस महिनामा एक लाख ७७ हजार पर्यटकले गरेर अन्नपूर्ण क्षेत्रको भ्रमण
-
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर