पाकिस्तानले आतंकवादलाई उद्योग बनाएको छ : भारतीय विदेशमन्त्री
एजेन्सी । भारतीय विदेशमन्त्री एस जयशंकरले पाकिस्तानले आतंकवादलाई उद्योग बनाएको टिप्पणी गरेका छन् । उनले भारतमाथि दबाब बनाउन आफ्नो जमिनमा लगातार आतंकवादीहरुलाई समर्थन दिइरहेको आरोप लगाएका हुन् ।
बिहीबार नयाँ दिल्लीमा रामनाथ गोयनका मेमोरियल व्याख्यानलाई सम्बोधन गर्दै जयशंकरले अब यसको जवाफ पाकिस्तानले दिनुपर्ने बताए ।
उनले सन् १९७२ मा सिमलामा भएको सम्झौताबाट पाकिस्तानमा विद्रोह र जम्मू–कश्मीरमा समस्या बढेको बताए । उनले भने, ‘हामी पाकिस्तानसँग सबै विवादबारे त्यो स्थितिमा मात्र कुरा गर्नेछौँ, जब उसले सीमा पार भइरहेको आतंकवादमाथि लगाम लगाउनेछ । विश्वमञ्चमा एक समय भारतको स्थिति निकै राम्रो थियो, तर चीनसँग सन् १९६२ मा भएको युद्धबाट उसलाई ठूलो नोक्सानी भयो । त्यसपछि सन् १९६५ मा पाकिस्तानसँग पनि युद्ध भयो । यो भारतका लागि खराब समय थियो ।’
कार्यक्रममा जयशंकरसँग चीन, क्षेत्रीय व्यापक आर्थिक साझेदारी, अनुच्छेद ३७० र नेशनल रजिस्टर सिटिजन्सको बारेमा सवाल जवाफ गरिएको थियो । क्षेत्रीय व्यापक आर्थिक साझेदारी जयशंकरले कुनै खराब सम्झौता गर्नुभन्दा सम्झौता नै नगर्न राम्रो हुने जिकिर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण