निशुल्क शिक्षा र स्वास्थ्य काँग्रेसको एजेन्डा बन्नुपर्छ : नैनसिंह महर
काठमाडौं । नेपाली काँग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष नैनसिंह महरले निशुल्क शिक्षा र स्वास्थ्य नेपाली काँग्रेसको एजेन्डा बन्नुपर्ने बताएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिएको नेपाल शिक्षक संघको प्रदेश कार्यसमितिको प्रथम प्रतिनिधी सभालाई सम्बोधन गर्दै नेता महरले शिक्षा र स्वास्थ्य पूर्णरुपले जनताको स्वामित्वमा ल्याए मात्रै उक्त विषय जनताको पँहुचमा आउने र त्यो नै काँग्रेसको मुख्य एजेण्डा बन्नुपर्ने बताएका हुन् ।
‘काँग्रेस प्रजातान्त्रिक समाजवादमा विश्वास गर्ने पार्टी भएकाले गरिबका छोराछोरीले पनि डाक्टर पढ्न पाउनुपर्छ भन्ने एजेण्डा बोकेर अगाडी बढेको छ,’ नेता महरले भने, गरिब, विपन्नले पनि निशुःल्क र सहज रुपमा सेवा पाउनुपर्छ भन्ने एजेण्डा काँग्रेसको हो र बन्नुपर्छ ।’
नेता महरले स्थायी, अस्थायी र करार गरी देशभर ४ लाखको हाराहारीमा रहेका शिक्षकहरुको सेवा सुविधामा सरकार गम्भीर हुनुपर्ने र शिक्षकहरु पनि विद्यार्थीको मुख्य अभिभावक भएकाले जिम्मेवार बन्नुपर्ने बताए ।
नेता महरले नेपाली भूमि मिचिएकोबारे सरकार गम्भीर नबनेको भन्दै आक्रोश पनि पोखे। नेता महरले मिचिएको नेपाली भूमि फिर्ता ल्याउन मर्न र मार्न परेपनि काँग्रेस पछि नहट्ने उद्घोष गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
साढे ३३ करोड भ्रष्टाचार प्रकरण : टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?