निशुल्क शिक्षा र स्वास्थ्य काँग्रेसको एजेन्डा बन्नुपर्छ : नैनसिंह महर
काठमाडौं । नेपाली काँग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष नैनसिंह महरले निशुल्क शिक्षा र स्वास्थ्य नेपाली काँग्रेसको एजेन्डा बन्नुपर्ने बताएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिएको नेपाल शिक्षक संघको प्रदेश कार्यसमितिको प्रथम प्रतिनिधी सभालाई सम्बोधन गर्दै नेता महरले शिक्षा र स्वास्थ्य पूर्णरुपले जनताको स्वामित्वमा ल्याए मात्रै उक्त विषय जनताको पँहुचमा आउने र त्यो नै काँग्रेसको मुख्य एजेण्डा बन्नुपर्ने बताएका हुन् ।
‘काँग्रेस प्रजातान्त्रिक समाजवादमा विश्वास गर्ने पार्टी भएकाले गरिबका छोराछोरीले पनि डाक्टर पढ्न पाउनुपर्छ भन्ने एजेण्डा बोकेर अगाडी बढेको छ,’ नेता महरले भने, गरिब, विपन्नले पनि निशुःल्क र सहज रुपमा सेवा पाउनुपर्छ भन्ने एजेण्डा काँग्रेसको हो र बन्नुपर्छ ।’
नेता महरले स्थायी, अस्थायी र करार गरी देशभर ४ लाखको हाराहारीमा रहेका शिक्षकहरुको सेवा सुविधामा सरकार गम्भीर हुनुपर्ने र शिक्षकहरु पनि विद्यार्थीको मुख्य अभिभावक भएकाले जिम्मेवार बन्नुपर्ने बताए ।
नेता महरले नेपाली भूमि मिचिएकोबारे सरकार गम्भीर नबनेको भन्दै आक्रोश पनि पोखे। नेता महरले मिचिएको नेपाली भूमि फिर्ता ल्याउन मर्न र मार्न परेपनि काँग्रेस पछि नहट्ने उद्घोष गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण