मन्त्रिपरिषद् हेरफेर बारे शीर्ष नेताबीच दिनहुँ छलफल
पार्टी र सरकार सञ्चालनबारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने, मन्त्रिपरिषद् पुनर्गठन गर्नेलगायतका विषयमा छलफल हुने बताइएको छ ।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलका साथै शीर्ष नेताबीच दिनहुँ यही विषयमा छलफल चलिरहेको छ ।
शुक्रबार प्रधानमन्त्री ओली, दाहाल र महासचिव पौडेलबीच तीन घण्टा लामो छलफल भएको नेकपा स्रोतले जनाएको छ । बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन पार्टी र सरकार सञ्चालनलगायतका विषयमा गम्भीर छलफल भएको छ ।
यसअघि पनि नेताहरू वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतका बीचमा छलफल भएको थियो । मन्त्रिपरिषद् फेरबदलमा देखिएका विभिन्न समूहको स्वार्थका कारण ढिलाइ भइरहेको स्रोतको दाबी छ । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण