मन्त्रिपरिषद् हेरफेर बारे शीर्ष नेताबीच दिनहुँ छलफल

पार्टी र सरकार सञ्चालनबारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने, मन्त्रिपरिषद् पुनर्गठन गर्नेलगायतका विषयमा छलफल हुने बताइएको छ ।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलका साथै शीर्ष नेताबीच दिनहुँ यही विषयमा छलफल चलिरहेको छ ।
शुक्रबार प्रधानमन्त्री ओली, दाहाल र महासचिव पौडेलबीच तीन घण्टा लामो छलफल भएको नेकपा स्रोतले जनाएको छ । बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन पार्टी र सरकार सञ्चालनलगायतका विषयमा गम्भीर छलफल भएको छ ।
यसअघि पनि नेताहरू वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतका बीचमा छलफल भएको थियो । मन्त्रिपरिषद् फेरबदलमा देखिएका विभिन्न समूहको स्वार्थका कारण ढिलाइ भइरहेको स्रोतको दाबी छ । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खर्च नभएको रकमको वैशाखीमा प्रदेशको बजेट : ठुलो आकार, कमजोर आधार
-
संसद्बाट निलम्बित भएका संसदीय दलका नेता किन ?
-
ट्रम्पले सर्वोच्च नेता खामेनेईलाई हत्या गर्ने इजरायलको योजना अस्वीकार गरेको खुलासा
-
ग्रिन्सबोरोको प्रस्तुतिसँगै नेपथ्यको अमेरिका यात्रा २०२५ पूरा
-
तीनवटा वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
सोमबार कुन राशिका लागि शुभ ?