मेस्सीको निर्णायक गोलमा अर्जेन्टिना विजयी
सुपरस्टार लियोनल मेस्सीको निर्णायक गोलमा अर्जेन्टिनाले सुपरक्लासिको उपाधि जितेको छ । तटस्थ भेन्यु साउदी अरबमा सुक्रबार राति खेलिएको प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनालले ब्राजिललाई १–० गोलले हराउँदै सुपरक्लासिको अर्थात् मैत्रीपूर्ण खेल जितेको हो ।
यससँगै अर्जेन्टिनाले ब्राजिलसँग कोपा अमेरिका कपमा हारेको बदला समेत लियो । कोपा अमेरिकाको सेमिफाइनलमा अर्जेन्टिना ब्राजिलसँग २–० गोलले पराजित भएको थियो ।
रोचक खेलमा अर्जेन्टिनाले पेनाल्टीमा निर्णायक गोल गरेको थियो । लियोनल मेस्सीले १४औं मिनेटमा पेनाल्टीमा गोल गरे । ब्राजिलका एलेक्स स्यान्ड्रोले मेस्सीलाई डिबक्स डिबक्स भित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । मेस्सीको पहिलो पेनाल्टी प्रहार ब्राजिलका गोलरक्षक एलीसनले फर्काए । त्यही रिवाउन्डमा मेस्सीले पुनः गोल गरेका थिए ।
त्यसअघि ब्राजिलले पनि पेनाल्टीको अवसर खेर फालेको थियो । ब्राजिलका ग्याब्रिएल जेससलाई जर्मन पेजेलाले लडाएपछि रेफ्रीले पेनाल्टी दिए । जेससको पेनाल्टी प्रहार बाहिरिएको थियो ।
ब्राजिलले त्यसपछि केही राम्रा अवसरमा गोल गर्न नसक्दा हार खेप्न बाध्य बन्यो । अर्जेन्टिीनी मेस्सी करिव चारमहिनापछि टोलीमा फर्किएका हुन् । कोपा अमेरिका कपमा रेफ्री र आयोजकको आलोचना गरेका मेस्सी तीन महिला प्रतिबन्धमा परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण